राष्ट्रियसभाः स्वास्थ्य बिमा तथा किसानका समस्यामा ध्यानाकर्षण
राष्ट्रिय समाचार समिति

श्रावण २१, २०८३

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्, बाढीपहिरो, किसानका समस्या, पूर्वाधारलगायत जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको शून्य समयमा सभाका सदस्यहरूले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन, जातीय विभेद्विरुद्ध भइरहेको सत्याग्रहप्रति सरकारको ध्यानाकर्षण गराउनेदेखि बाढीपहिरो, वन्यजन्तु आतङ्क, सडक, दूधको भुक्तानीलगायत समसामयिक जनसरोकारका विषयमा सभाअध्यक्षमार्फत सरकारको ध्यानार्कषण गराउनुभएको हो ।
सदस्य गीता देवकोटाले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सदस्य धर्मेन्द्र पासवानले रौतहट सीमाक्षेत्रमा निर्माण गरिएको तटबन्धको उचाइका कारण गौर डुबानमा पर्नसक्ने जोखिम रहेको भन्दै तत्काल आवश्यक पहल गर्न अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सदस्य सोमनाथ पोर्तेलले जातीय विभेद् र छुवाछुतमुक्त समाज, समानता र न्यायको माग गर्दै माइतीघरमा सत्याग्रह गरिरहनुभएकी दीपा नेपालीसँग गृहमन्त्रीले छलफल र वार्ता गनुपर्ने आग्रह गर्नुभयो । सदस्य मीनासिंह रखालले दैलेखमा बाँदरको आतङ्कका कारण किसानले भोगिरहेका समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै मकैबालीमा भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नुभयो । उहाँले एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्दै कालोबजारी नियन्त्रण गर्न पनि आग्रह गर्नुभयो ।
सदस्य रञ्जित कर्णले सप्तरीको राजविराज जोड्ने मुख्य सडकको निर्माण प्रक्रिया सक्दो छिटो अघि बढाउन माग गर्नुभयो । सदस्य रोश्नी मेचेले एलपी ग्यासको उपलब्धता, राहदानी सेवा र स्वास्थ्य बिमासम्बन्धी सेवा प्रभावकारी बनाउन आग्रह गर्नुभयो । सदस्य वासुदेव घिमिरेले सुनसरी घटना छानबिनका लागि छुट्टै निष्पक्ष छानबिन आयोग गर्न आग्रह गर्नुभयो ।
सभाका सदस्य डा जगत तिमिल्सिनाले प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले ‘एमनेस्टी इन्टरनेसनल’, ‘आइसिजे’ र ‘ह्युमन राइट्स वाच’सँग स्पष्टीकरण माग्न सरकारलाई दिएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो ।
सदस्य सम्झना देवकोटाले गोरखामा बाढीपहिरोबाट भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभयो । सदस्य सुनीलबहादुर थापाले धनकुटामा दुग्ध विकास संस्थान (डिडीसी)ले किसानबाट खरिद गरेको दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गर्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति