प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग
राष्ट्रिय समाचार समिति

श्रावण २२, २०८३

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने योजनाबारे स्पष्ट पार्न सरकारसँग आग्रह भएको छ ।

बैठकमा ट्रमा सेन्टरका बारेमा प्रश्न उठेपछि सभामुख डोलप्रसाद अर्यालले जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ ।

बैठकको आरम्भमा विपक्षी दलका सदस्यहरू आफ्नो आसनबाट उठेपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली काग्रेसका सांसद डा चन्द्रमोहन यादवलाइ समय दिनुभयो ।

No data was found

सांसद यादवले ढल्केवर मधेस प्रदेशको धेरै मानिस बस्ने जिल्लाको केन्द्रमा रहने र राजमार्गको बीचमा रहेकाले त्यहाँ राष्ट्रियस्तरको ट्रमा सेन्टर बनाउने सरकारको योजनाबाट सरकार पछि हटेको भन्दै विरोध गर्नुभयो । उहाँले विगतका सरकारले ढल्केबरमा ट्रमा सेन्टर बनाउने योजनालाई हेरफेर गर्न नहुने बताउनुभयो । उहाँले सरकारबाट जवाफ नआएसम्म आफू मौन खडा रहने बताउनुभयो ।

प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलका सांसदहरूले आफ्ना आसनबाट उठेर राष्ट्रिय महत्वका विषयमा ध्यानाकर्षण गरेपछि सत्ता पक्षका सांसदले नियमापत्ति गर्नुभयो ।

सांसद यादव बोलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले जुन विषय र समयमा बोल्न खोजिएको हो, त्यही समयमा बोल्न आग्रह गर्दै बैठक सुरु हुनेवित्तकै जुनसुकै विषयमा बोल्ने विपक्षीहरूको शैलीको विरोध गर्नुभयो ।

सो पार्टीका मनिष खनालले सधैँ एउटै शैलीमा सुरुमै उठेर विरोध गर्ने र समय दिइरहने प्रवृत्ति अन्त्य गर्न सभामुखसँग आग्रह गर्नुभयो । तत्पश्चात पनि सांसद यादव नबोली उभिइहेपछि सभामुख अर्यालले आफ्नो आसनमा बसेर सभाको मर्यादा कायम गर्न उहाँलाई आग्रह गर्नुभयो । सांसद यादव उभिइरहेपछि सभामुख अर्यालले यादवलाई पुनः बोल्न समय दिनुभयो ।

सांसद यादवले मधेस प्रदेशको केन्द्र जस्तो भएकाले ढल्केवरमा ट्रमा सेन्टर निर्माण गर्ने वा नगर्ने भन्नेबारेमा सरकरले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति