मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी
राष्ट्रिय समाचार समिति

श्रावण २२, २०८३

चितवन। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव वन्यजन्तुबीचको सहअस्तित्व जोगाउनका लागि हात्ती सेन्चुरी कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनुभएको छ ।
आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले मानवको बाँच्ने अधिकार जस्तै वन्यजन्तुको पनि हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जति मानवलाई बाँच्ने अधिकार छ, त्यति जीवजन्तुलाई पनि स्वतन्त्रता र बाँच्ने अधिकार छ । उनीहरुलाई सुरक्षित स्थानमा रही बाँच्न पाउने अधिकार रक्षाका लागि हात्ती सेन्चुरी मनाउन लागिएको छ ।”
हात्ती सेन्चुरीजस्तै टाइगर सेन्चुरी पनि मनाउने सोचमा सरकार रहेको बताउँदै मन्त्री चौधरीले यस्ता कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि विभिन्न कार्यक्रम अघि बढाएको छ ।”
मन्त्री चौधरीले अहिले सरकारले विगतका वर्षमा वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका तथा अङ्गभङ्ग भएकाहरुलाई राहत दिने काम गरिरहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति