आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ
सम्बाददाता

श्रावण २२, २०८३

धादिङबेंसी । “पहिले आफ्नो घर वरपरको वातावरण स्वच्छ र सुन्दर बनाउन सके मात्र समाज र देशका लागि दिगो योगदान दिन सकिन्छ” भन्ने मूल मर्मका साथ लायन्स डिस्ट्रिक्ट ३२५ के अन्तर्गतको लायन्स क्लब अफ धादिङ, नीलकण्ठले ‘एक लायन, एक बिरुवा’ अभियान सञ्चालन गरेको छ।

डिभिजन वन कार्यालय, धादिङको समन्वयमा वन कार्यालय परिसरमा बिरुवा ग्रहण तथा हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो। क्लबका अध्यक्ष पोषनाथ अधिकारीको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रममा डिभिजन वन कार्यालयका प्रतिनिधिहरूले अध्यक्ष अधिकारीलाई औपचारिक रूपमा बिरुवा हस्तान्तरण गरेका थिए। वन कार्यालयबाट प्राप्त बिरुवाहरू सम्पूर्ण सदस्यहरूले ग्रहण गरी आ-आफ्नो घरआँगन तथा अनुकूल स्थानमा रोपेका छन्।

बिरुवा ग्रहण गर्दै अध्यक्ष अधिकारीले वातावरण संरक्षणको सुरुआत व्यक्ति स्वयं र उसकै घरबाट हुनुपर्नेमा जोड दिनुभयो। “हामीले समाज परिवर्तनका ठूला कुरा गर्नुअघि आफ्नै घर वरपरको वातावरणलाई हरियाली बनाउनुपर्छ,” उहाँले भन्नुभयो, “घरबाट सुरु भएको यो सानो प्रयासले नै भोलि सिङ्गो समाज र देशको वातावरण जोगाउन ठूलो भूमिका खेल्नेछ।”

No data was found

मानवता र निःस्वार्थ समाज सेवामा समर्पित लायन्स क्लब्स इन्टरनेसनलको प्रमुख प्राथमिकताका क्षेत्रहरू मध्ये ‘वातावरण संरक्षण’ एक मुख्य स्तम्भ हो। लायन्सको यही सिद्धान्तलाई व्यावहारिक रूप दिँदै क्लबले केवल एक दिन वृक्षारोपण गरेर छाड्ने नभई वार्षिक क्यालेन्डर नै बनाएर निरन्तर रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

कार्यक्रममा क्लबका सचिव दीपक सिटौला, कोषाध्यक्ष शरणकुमार श्रेष्ठ, ट्रेजरर गोविन्द भण्डारी, डिस्ट्रिक्ट सिनियर ए.ओ.जी. ईश्वरीप्रसाद पाण्डे र ईश्वरकुमार श्रेष्ठ लगायत अन्य लायन सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

क्लबले कार्यक्रममा उपस्थित भई बिरुवा ग्रहण तथा वृक्षारोपण गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै रोपेका बिरुवाहरूको संरक्षण सुनिश्चित गर्न अनुरोध गरेको छ। साथै, अनुपस्थित अन्य सदस्यहरूलाई पनि क्लबमा सम्पर्क गरी बिरुवा लगेर रोप्न आह्वान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

आफ्नै घरआँगनबाट वातावरण संरक्षणमा लायन्स क्लब अफ धादिङ, नीलकण्ठ

मानव–वन्यजन्तुबीचको सहअस्तित्व जोगाउन हात्ती ‘सेन्चुरी’ कार्यक्रमः मन्त्री चौधरी

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री

खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानी नहुँदा पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

मोबाइल सेवाको गुणस्तर सुधार र सेवा विस्तारमा ध्यान दिन दूरसञ्चार प्राधिकरणको निर्देशन

यो पनि पढ्नुहोस
सम्बाददाता