सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
राष्ट्रिय समाचार समिति

श्रावण २४, २०८३

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताबाट मात्र समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुदृढ राष्ट्र निर्माण गर्न सकिने बताउनुभएको छ ।
विश्व आदिवासी दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता बलियो हुन नसक्ने बताउनुभएको छ ।
संयोजक दाहालले जनसङ्घर्षबाट प्राप्त समावेशी, समानुपातिक तथा सहभागितामूलक अधिकारको रक्षा गर्दै बाँकी अधिकार प्राप्तिको सङ्घर्षलाई अझ सशक्त बनाउनु आजको आवश्यकता भएको बताउनुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

माडी जाने सडकको झाडी सफाइ गरिँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति