कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु
राष्ट्रिय समाचार समिति

श्रावण २४, २०८३

काठमाडौँ। संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अद्यावधिक र वितरणका बारेमा छलफल हुनेछ । यस्तै, महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
बैठकमा पछिल्लो समय तराई-मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिन र विपक्षीको भूमिका, प्रदेश सरकार र सङ्गठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वाँरले बताउनुभयो । यसबाहेक मुलुकको समसामयिक राजनीतिक मुद्दा र भ्रातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

माडी जाने सडकको झाडी सफाइ गरिँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति