प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय
राष्ट्रिय समाचार समिति

श्रावण २५, २०८३

बागमती। हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा अवस्थित पुस्तकालयमा प्राचीन धर्मग्रन्थ सङ्कलनलाई अभियानका रुपमा अघि बढाइने भएको छ ।
विक्रम संवत् २०५६ मा विद्यालय स्थापना भएदेखि नै विद्यार्थीका लागि अत्यावश्यक पुस्तक सङ्कलनबाट सुरु गरिएको पुस्तकालयलाई थप व्यवस्थित गर्दै प्राचीन महत्वका धार्मिक पुस्तक सङ्कलन गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिनुभयो ।
पुस्तकालयमा हाल करिब २५० को सङ्ख्यामा मात्रै पुस्तक सङ्कलित भएको बताउँदै उहाँले प्राचीन महत्वका धार्मिक पुस्तक उपलब्ध गराउन सबैमा आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार पुस्तकालयलाई व्यवस्थित बनाउनका लागि बागमती प्रदेशको पर्यटन मन्त्रालयले गत आर्थिक वर्ष २०८१-०८२ मा रु दुई लाख उपलब्ध गराएकोे थियो ।
“हामी पुस्तकालयलाई प्राचीन धर्मग्रन्थ सङ्कलन गरी अध्ययन अनुसन्धानको केन्द्रका रुपमा विकास गर्न चाहन्छौँ,” उहाँले भन्नुभयो, “कोही कसैसँग घरमा यसै थन्किएर रहेका प्राचीन महत्वका धर्मग्रन्थ छन् भने पुस्तकालयलाई सहयोगस्वरुप उपलब्ध गराउन अनुरोध छ ।”
पुस्तकालयमा उपलब्ध गराइएका पुस्तक जो कोही विद्यार्थी तथा अनुसन्धाता सबैका लागि उपयोगी हुनाका साथै वर्षौंसम्म सुरक्षित रहने उहाँले बताउनुभयो । देशका विभिन्न जिल्लाबाट आएका करिब ५० जना बटुक अध्ययनरत त्यस विद्यालयले ४० जनालाई आवासीय सुविधा उपलब्ध गराउँदै आएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘ढल्केबरमा ट्रमा सेन्टर निर्माण अवरुद्ध हुँदैन’

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग

आदिवासी जनजातिको सीप र संस्कृतिमा लगानी गरे देशको अर्थतन्त्र सुदृढ हुन्छ: सांसद क्षितिज थेवे

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति