बालुवा उद्योग विवाद र पालिका अध्यक्षको ‘इगो’: सिद्धलेक-७ नं. वडामा अनिश्चितकालीन तालाबन्दी
पाविलन्युज

श्रावण २५, २०८३

धादिङ । कर्मचारीलाई बिनाकारण हटाइएको भन्दै धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ को कार्यालयमा स्थानीयले सोमबार अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

तालाबन्दीका कारण वडाबाट प्रवाह हुने सम्पूर्ण दैनिक सेवा ठप्प बनेको छ। तत्कालीन जिल्ला विकास समिति मार्फत २०६७ सालमा नियुक्ति भई हाल वडा सचिवको जिम्मेवारी सम्हाल्दै आएकी शान्ति मगरातीलाई गाउँपालिकाले साउन ६ गते सेवा निरन्तरता नदिने निर्णय गरेको थियो ।

गाउँपालिकाले दरबन्दी बाहिरका करार कर्मचारीको म्याद थप नगर्ने नीतिगत निर्णयलाई कारण देखाए पनि, भित्री कारण भने बालुवा खानीको विवाद र गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको व्यक्तिगत ‘इगो’ रहेको स्थानीयको आरोप छ ।

No data was found

के हो विवाद ?
स्थानीयका अनुसार पिपलटारमा विशाल गिरी (रुद्रबहादुर) ले सञ्चालन गरेको बालुवा प्रशोधन केन्द्र (फिरफिरे) लाई लिएर अध्यक्ष खतिवडा रुष्ट थिए । उद्योग सञ्चालनमा अध्यक्षले अवरोध गरेपछि गत असार ३२ गते नेपाली कांग्रेस गाउँपालिका समितिको बैठकमा चर्को विवाद भएको थियो । सोही क्रममा अध्यक्षमाथि हातपात गरेको आरोपमा गिरी अहिले प्रहरी हिरासतमा छन् ।

उक्त बालुवा खानी सञ्चालन तथा विद्युत् मिटर जडानका लागि वडाबाट सिफारिस दिएकै झोकमा अध्यक्ष खतिवडाले मगरातीलाई जागिरबाट निकालेको स्थानीयको दाबी छ । मगरातीसँगै नियुक्ति पाएका अन्य दुई जना कर्मचारीलाई भने सेवामा निरन्तरता दिइएको छ। सिद्धलेक–७ गाउँपालिका अध्यक्ष खतिवडाकै गृह वडा हो ।

साउन ६ गतेयता पटक-पटक आश्वासन दिए पनि माग सुनुवाइ नभएपछि बाध्य भएर ताला लगाउनुपरेको आन्दोलित स्थानीयले बताएका छन् । हटाइएकी कर्मचारीको पुनर्बहाली नभएसम्म ताला नखोलिने उनीहरूको चेतावनी छ ।

अचानक वडा कार्यालय बन्द हुँदा सेवा लिन पुगेका सर्वसाधारण भने मारमा परेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

सुनको मूल्य बढ्यो

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

यो पनि पढ्नुहोस
पाविलन्युज