घण्टाकर्ण पर्व मनाइँदै
राष्ट्रिय समाचार समिति

श्रावण २६, २०८३

काठमाडौँ। सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ ।

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ । परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप आज हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।

पर्वको तयारीका लागि आज बिहानै स्नान, घर–आँगन सफा गरी पूजापाठ गरिन्छ । केटाकेटीले बाटामा डोरी टाँगेर पैसा ९जगात्० माग्ने र राति राँको बाली गठामङ्गल नामक राक्षसको प्रतीकलाई घिसार्दै जलाइन्छ ।

No data was found

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने परम्परा नेवार समुदायमा रहेको इतिहास एवं संस्कृतिविद् प्रकाश श्रेष्ठ ‘सक्व’ले बताउनुभयो ।

जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त गर्नुका साथै आर्थिक र भौतिक उन्नतिका लागि घण्टाकर्णको पूजा आराधना कार्यलाई महत्वपूर्ण मानिन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

विकास र सुशासनको मुख्य मेरुदण्ड नै महिलाहरूको सक्रियता हो

९ सिटसम्मका निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति