गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बागमती प्रदेशका विभिन्न गन्तव्यको अवलोकन
राष्ट्रिय समाचार समिति

श्रावण २६, २०८३

बागमती। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आज बागमती प्रदेशको राजधानी हेटौंडा आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गर्नुभएको छ ।
उहाँ बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको औपचारिक निमन्त्रणमा हेटौंडा आउनुभएको हो ।
प्रदेश प्रमुख भट्टलाई बागमती प्रदेश प्रमुख देवकोटाले बागमती प्रदेशको राजधानीस्थित हेटौँडा सहिद स्मारक, भैरवडाँडास्थित पाथीभरा मन्दिर, मकवानपुरगढीस्थित ऐतिहासिक मकवानपुरगढी दरबारलगायतका क्षेत्रको स्थलगत अवलोकन  गराउनुभएको थियो ।
उहाँहरूबीच दुई प्रदेशबीचको सम्बन्ध सुदृढ बनाउँदै विकास, अनुभव आदान–प्रदान र सहकार्य प्रदेशका गतिविधि, उपलब्धि र चुनौतीबारे छलफल भएको थियो ।
 दुवै प्रदेशले सफल अभ्यासको अनुसरण गर्ने, प्रदेश कार्यालयका कार्यप्रणाली तथा प्रशासनिक अनुभव साटासाट गर्ने तथा विविधि विषयमा थप छलफल भएको बागमती प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा

हेलिकप्टरबाट उपकरण ढुवानी

ग्यासको अनलाइन ट्रयाकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छ : प्रहरी महानिरीक्षक कार्की

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति