नगर गानका लागि रचना पठाउन हेटौँडा उपमहानगरद्वारा आह्वान
राष्ट्रिय समाचार समिति

श्रावण २७, २०८३

मकवानपुर। हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएकोे छ । यसका लागि उपमहानगरपालिकाले इच्छुक स्रष्टा, रचनाकारबाट रचना आह्वानसमेत गरेको छ ।

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले भन्नुभयो “हेटौँडाको इतिहास, संस्कृति, भूगोल, आर्थिक तथा औद्योगिक पहिचानलाई समेटेर नगरको आफ्नै परिचय दिने नगर गान निर्माण गर्न लागिएको हो । यसमा स्थानीय मौलिकता र हेटौँडाको विशिष्ट पहिचान झल्किने गरी रचना हुुनुपर्छ ।”

नगर गानलाई हेटौँडाको पहिचान र भावनालाई प्रतिनिधित्व गर्ने सृजनाका रुपमा आफूहरूले विकास गर्न चाहेको नगरप्रमुख मीनाकुमारी लामाले बताउनुभयो । “हेटौँडाको इतिहास, प्रकृति, संस्कृति, सामाजिक विविधता र औद्योगिक पहिचानलाई समेट्नेगरी नगर गान निर्माण गर्न खोजिएको हो । त्यसैले उत्कृष्ट सृजनाका लागि स्रष्टा तथा रचनाकारहरूको सहभागिता महत्त्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

No data was found

नगरपालिकाले नगर गान निर्माणसम्बन्धी अन्य व्यवस्था ‘हेटौँडा उपमहानगरपालिका पर्यटन वर्ष २०८३ को लोगो तथा नगर गान निर्माणसम्बन्धी कार्यविधि, २०८३’ बमोजिम हुने जनाएको छ । चालु आव २०८३/८४ मा ‘हेटौँडा पर्यटन वर्ष’ मनाउने तयारी गरिरहेको सन्दर्भमा हेटौँडाको पहिचानका लागि विभिन्न अभियान सञ्चालन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

विद्यार्थी राजनीतिबाट उदायका रुबीको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

पहिरो पन्छाएपछि कृष्णभिरमा एकतर्फी सवारी सञ्चालन

मलेखु दोभानको झोलुङ्गे पुलबाट अब मोटरसाइकल आउजाउ गर्न सकिने

बाढीले पुल बगाएपछि अस्तव्यस्त छ धादिङ, नुवाकोट र रसुवाको आवतजावत

काठमाडौं र पूर्वी भूभागमा भारी वर्षा टर्दै, पश्चिमी क्षेत्रमा भोलिदेखि मौसम सुधार हुने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति