कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिने छ : मन्त्री चौधरी
राष्ट्रिय समाचार समिति

श्रावण २७, २०८३

काठमाडौँ। कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले युवाको सहभागिता विस्तारमार्फत नवीन सोच, ऊर्जा र केही गरौँ भन्ने भावनालाई राष्ट्रको समृद्धिमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले युवा वर्गले कृषि क्षेत्रको विकासमा नवीन दृष्टिकोण, वन तथा वातावरण जगेर्नाका लागि महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो ।

No data was found

देश विकासमा बलियो जनशक्ति युवा भएको बताउँदै उहाँले युवा सशक्तीकरणलाई प्रभावकारी बनाउन ग्रामीण क्षेत्रलाई प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरराष्ट्रिय युवा दिवसको यस वर्षको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि १२ अगस्टमा दिवस मनाउने गरिँदै आएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा युवाकेन्द्रित नीति निर्माण तथा समाजमा युवा सहभागिता बढाउने उद्देश्यले अन्तरराष्ट्रिय युवा दिवस मनाइन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सीप, रोजगारी, उद्यम र सम्मान चाहन्छ युवा

हेलिकप्टरबाट उपकरण ढुवानी

ग्यासको अनलाइन ट्रयाकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

सुनको मूल्य रु पाँच हजार दुई सयले बढ्यो

‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छ : प्रहरी महानिरीक्षक कार्की

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति