युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने
राष्ट्रिय समाचार समिति

श्रावण २७, २०८३

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले युवा वर्गको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्र्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित संसद्सम्म युवा आवाज कार्यक्रममा उहाँले नेपालले युवा दिवसको उत्सव मनाउन मात्र होइन अनुभव नै गर्न पाएको बताउनुभयो ।

सभापति लामिछाने भन्नुभयो, “विश्वका धेरै देशहरूले देखेको सपना र सोचेको युवा नेतृत्वको विषय नेपालले व्यवहारमै हासिल गरेको छ । यस अघि मुलुकको राजनीतिमा युवा नेतृत्व भएन भनेर गुनासो गरिएको थियो, तर अहिले मुलुक हाक्ने नेतृत्व नै युवा भएकाले जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्ने छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”

No data was found

मुलुकको राजनीतिमा हाल नेपालले विश्वकै वीरलै अवसर पाएको उल्लेख गर्दै उहाँले अब युवाका सपना साकार हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । युवामा तत्काल परिणाम खोज्ने बानी देखिएको बताउँदै उहाँले युवा नेतृत्व सफल भएन भने भविष्यका लागि समेत आरोप लाग्नेतर्फ सबै सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।

वर्तमान सरकार गठन भएको चार महिना मात्र भएको र यस अवधिमा मुलुकको उज्ज्वल भविष्यको बलियो जग निर्माणको काम भइरहेको बताउँदै उहाँले सरकारले अहिले विभिन्न निकाय र संस्थामा योग्य र सक्षम व्यक्तिलाई काम गर्ने अवसर प्रदान गरिरहेको जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने

युवा अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति