खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली
राष्ट्रिय समाचार समिति

श्रावण २८, २०८३

चितवन । भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट रु एक करोड ५५ लाख तीन हजार ६८५ बक्यौता रकम असुली गरेको छ । रु पाँच हजारभन्दा माथि बक्यौता भएका र छ महिनाभन्दा माथिको पानीको महसुल नबुझाएका ती ग्राहकबाट सो रकम बक्यौता असुली गरिएको हो ।

कार्यालयका प्रमुख सञ्जय बरालका अनुसार गत फागुनदेखि बक्यौता असुलीको काम सुरु गरिएको हो । फागुनदेखि असार मसान्तसम्ममा सो बक्यौता असुली भएको उहाँले जानकारी दिनुभयो । कार्यालयले अझै ५०० ग्राहकबाट रु २० लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । ती लामो समयदेखि महसुल नबुझाएका ग्राहकहरु हुन् ।

बक्यौता नबुझाउने ग्राहकलाई पत्राचार गर्ने, घरदैलो गर्ने, पानीको लाइन काट्ने, एसएमएस गर्ने, ताकेता लगाउनेजस्ता काम भइरहेको उहाँले बताउनुभयो । कार्यालयले बक्यौता असुलीका लागि टोलीनै गठन गरेर काम गरीरहेको छ । गत वर्ष रु १६ करोड ५९ लाख ४२ हजार १०० महसुल बिलिङ गरेकोमा रु १६ करोड ९९ लाख ७२ हजार ४४० सङ्कलन भएको थियो । यो लक्ष्यको दुई दशमलव ५७ प्रतिशतले बढी हो ।

No data was found

यस्तै भरतपुर महानगरपालिकाले दिँदै आएको सात युनिट पानीमा अनुदानसमेत भुक्तानी गरेको छैन । मङ्सिर महिनादेखिको भुक्तानी नपाएको कार्यालयले जनाएको छ । आठ महिनाको बक्यौता रु एक करोडभन्दा बढी रहेको उहाँले जानकारी दिनुभयो । महानगरवासीलाई बोर्ड र विभिन्न उपभोक्ता समितिबाट सञ्चालित खानेपानी आयोजनाको रकमसमेत भुक्तानी हुन नसक्दा ती आयोजनामा समस्या भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

गल्छीका दुई विद्यालयमा शैक्षिक अनुगमन

राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति