गल्छीका दुई विद्यालयमा शैक्षिक अनुगमन
पाविलन्युज

श्रावण २८, २०८३

धादिङ । कक्षाकोठाको सिकाइ सुधार्न र शिक्षकको पेसागत क्षमता बढाउन धादिङका दुई विद्यालयमा सामूहिक अनुगमन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइले बागेश्वरी र किराञ्चोक कार्कीडाँडा माध्यमिक विद्यालयमा पुगेर पठनपाठन र प्रशासनिक गतिविधिको निगरानी गरेको हो ।

विद्यालयमा देखिएका कमीकमजोरी औँल्याउन र सुशासन कायम गर्न यस्ता स्थलगत अनुगमन अत्यन्त प्रभावकारी हुने एकाइ प्रमुख कृष्ण कुमार श्रेष्ठले बताए । अनुगमनका क्रममा दुवै विद्यालयमा पठनपाठन नियमित रहेको, शिक्षक विद्यार्थीको उपस्थिति सन्तोषजनक पाइएको तथा अभिलेख व्यवस्थापन चुस्त रहेको पाइएको पनि उनले जानकारी दिए ।

टोलीले विद्यालयलाई अझ सुधार्नका लागि विद्यालय सुधार योजना समयमै अद्यावधिक गर्न, सिकाइ योजना बनाउन र कक्षामा शैक्षिक सामग्रीको प्रयोग बढाउन सुझाव दिएको छ । टोलीले सकारात्मक अभ्यासलाई निरन्तरता दिन र सुधार गर्नुपर्ने पक्षको प्रतिवेदन स्थानीय शिक्षा शाखामा बुझाउन निर्देशन दिएको छ ।

No data was found

नियमित अनुगमनबाट विद्यालयको आन्तरिक सुशासन बलियो बन्ने, प्रशासनिक पारदर्शिता कायम हुने र शिक्षकहरू आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी बन्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

गल्छीका दुई विद्यालयमा शैक्षिक अनुगमन

राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

यो पनि पढ्नुहोस
पाविलन्युज