रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त
राष्ट्रिय समाचार समिति

श्रावण २८, २०८३

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रोल्पाको थवाङ–५, कोतलाबाङमा पहिरोमा परी सात जनाको मृत्यु र पाँच जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा बेपत्ताको खोजी तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ ।
प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र निःशुल्क उपचारको व्यवस्था गर्न तथा जोखिमयुक्त बस्तीको पहिचान गरी सुरक्षित स्थानान्तरण गर्नका लागि महामन्त्री आचार्यले विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउनुभएको हो ।
उक्त विज्ञप्तिमार्फत विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन र तीनै तहका सरकारबीच समन्वय गर्न आग्रह गर्दै वर्षाका कारण जोखिम बढेकाले नदी किनार तथा पहिरोको जोखिम भएका क्षेत्रमा सावधानी अपनाउन नागरिकलाई अपिल गरिएको छ ।
महामन्त्री आचार्यले पार्टी संयन्त्रलाई देशैभर विपद्पूर्वको तयारी र विपद् पछाडिको कार्यमा राज्यका संयन्त्रहरुलाई सघाउन तयार रहन आग्रह गर्नुभएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

पर्यटनमन्त्री पौडेलद्वारा दिवङ्गत आरोहीप्रति श्रद्धाञ्जली

दशौँ राष्ट्रिय खेलकुद आगामी मङ्सिर तेस्रो साता

रोल्पा पहिरोप्रति रास्वपाद्वारा दुःख व्यक्त

गल्छीका दुई विद्यालयमा शैक्षिक अनुगमन

राष्ट्रियसभाः आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति