काठमाडौँ। महिला तथा बालबालिकाको स्वास्थ्य, मातृ स्वास्थ्य तथा जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तारका विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता भएको छ ।
भेटमा मन्त्रालय र युएनएफपिएबीच प्राथमिकताका क्षेत्रमा सहकार्यलाई थप सुदृढ गर्दै स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने दिशामा अघि बढ्ने समझदारी भएको जनाइएको छ ।
युएनएफपिएले नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच र सेवाको गुणस्तर सुधार, प्रभावकारी रेफरल प्रणाली, परिवार नियोजन तथा लैङ्गिक समानताका क्षेत्रमा गर्दै आएको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको मन्त्री महतोको स्वकीय सचिवायले जनाएको छ ।
त्यस्तै, मिडवाइफरी सेवा विस्तार, मानसिक स्वास्थ्य, जलवायु परिवर्तनको प्रभाव र मातृ स्वास्थ्य, जनसङ्ख्या नीति तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धिलगायत विषयमा छलफल भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0