कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु
राष्ट्रिय समाचार समिति

श्रावण २९, २०८३

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतरपक्षको तीनदिने राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा भएको भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हुनुुहन्छ ।
समारोहमा पार्टीका शीर्ष नेताहरू पूर्णबहादुर खड्का, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय (डिना), अम्बिका बस्नेतलगायत हुनुहुन्छ । पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा भएको भेलामा मुलुकभरबाट आएका सयौँ नेताकर्ताको उपस्थिति छ ।
पूर्वप्रधानमन्त्री देउवा पाँच महिनापछि बिहीबार स्वदेश फर्कनुभएको हो । प्रचारप्रसार समिति संयोजक मीनबहादुर विश्वकर्माका अनुसार आजदेखि सुरु भएको भेलाको शनिबार र आइतबार बन्दसत्र चल्नेछ । बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, आर्थिक, समसामयिक, प्रस्तावमाथि छलफल गरिने बताइएको छ ।
कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्ममा भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।
आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनःसुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न

‘न्यायालय र बारले जनताको अधिकारलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

त्रिपक्षीय सम्झौता

जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति