त्रिपक्षीय सम्झौता
राष्ट्रिय समाचार समिति

श्रावण २९, २०८३

काठमाडौँ। दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो रकम भुक्तान गर्न त्रिपक्षीय सम्झौता भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि र दुग्ध विकास संस्थानबीच लैनचौरमा आज त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि का महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का प्रमुख कार्यकारी अधिकृत वासु अधिकारी, दुग्ध विकास संस्थानका महाप्रबन्धक डा सरनकुमार पाण्डेले हस्ताक्षर गर्नुभएको थियो ।
आगामी भदौ १ देखि केन्द्रीय सङ्घ र साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का साझेदार दुग्ध उत्पादक सहकारी संस्था एवं सदस्य किसानले १५ हजार दूध डिडिसीलाई उपलब्ध गराउने विषयमा लिखित सम्झौता भएको छ ।
डिडिसीले यसअघि दूध लिएर तिर्न बाँकी रकम आगामी एक महिनाभित्र भुक्तान गरिसक्नुपर्ने, दूधको मात्रा र गुणस्तर सुरुआती सङ्कलन केन्द्रमा मापन गर्दाकै कायम हुनुपर्ने, दूधको कन्भर्जको व्यवस्था गर्नुपर्ने सम्झौतामा उल्लेख  छ ।
संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले दुग्ध क्षेत्रको विकास प्रवर्द्धन गर्न सम्झौता कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का अध्यक्ष खेमबहादुर पाठकले किसानको आयआर्जन बढाउने उत्पादन बढाउने र आत्मनिर्भता बढाउने कार्यमा यो सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरी, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि का अध्यक्ष एकराज उप्रेतीले डिडिसीसँग भएको सम्झौताले नेपाली दुग्ध उत्पादक किसानका लागि ऐतिहासिक दिन भएको उल्लेख गर्नुभयो । केन्द्रीय सङ्घको सञ्जालमा  संस्थाले दैनिक ४७ हजार लिटर दूध सङ्कलन गर्दै आएका छन् ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि का नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई, वरिष्ठ प्रबन्धक दीपाकर रुपाखेती, डिडिसीका उपमहाप्रबन्धक, कर्मचारीलगायतको सहभागिता थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न

‘न्यायालय र बारले जनताको अधिकारलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

त्रिपक्षीय सम्झौता

जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति