शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न
राष्ट्रिय समाचार समिति

श्रावण २९, २०८३

काठमाडौँ। शङ्खरापुर नगरपालिकाले विकास योजनामा ७७.२७ प्रतिशत प्रगति भएको बताएको छ । शुक्रबार साँखुमा नगरपालिकाद्वारा आयोजित आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा विभिन्न शाखा तथा उपशाखाले एक वर्षभरि सम्पादन गरेको कामकारबाहीबारे छलफल गरिएको हो ।

कार्यक्रममा नगरपालिकाका योजना तथा अनुगमन शाखा प्रमुख राममणि ढकालका अनुसार आव २०८२/८३ मा भाषा, कला, संस्कृति र पर्यटन शीर्षकमा ८८ योजनामध्ये ७५ वटा सम्पन्न भएको छ । ढकालले स्वास्थ्य पूर्वाधारका तीन योजनामध्ये दुईवटा सम्पन्न भएको, शिक्षा खेलकुद पूर्वाधारमा आठ योजनामध्ये सात सम्पन्न भएको, खानेपानी र सरसफाइतर्फ २२ योजनामध्ये १८ योजना सम्पन्न भएको जानकारी दिनुभयो ।

त्यसैगरी, सडक र पुल पूर्वाधारतर्फ २४७ योजना रहेकामा २१४ सम्पन्न भएको, सिँचाइतर्फ १४ योजनामा आठवटा सम्पन्न भएको, भवन पूर्वाधारमा १६ योजना रहेकामा ११ वटा सम्पन्न भएको र वातावरण पूर्वाधारमा २६ योजना रहेकामा २३ योजना सम्पन्न भएको ढकालले बताउनुभयो ।

No data was found

कार्यक्रममा नगरप्रमुख रमेश नापितले जनप्रतिनिधिले ल्याएका जनतामुखी कार्यक्रमलाई नतिजामुखी बनाएर कार्यान्वयन गर्न भूमिका खेलेकामा कर्मचारी तथा विभिन्न शाखालाई धन्यवाद दिनुभयो । उहाँले जनताको आवश्यकता र अपेक्षाअनुसार ल्याइएका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुँदा त्यसको प्रत्यक्ष लाभ नागरिकले पाउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस वर्षको एसइई परीक्षामा नगरपालिकाभित्रका करिब ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । हाम्रो क्षेत्रमा यो अहिलेसम्मकै उच्च शैक्षिक सफलता दर हो । नगरपालिकाले दिने सेवा प्रवाहको मूल्याङ्नमा पनि हामी अगाडि नै छौँ, हामी जनप्रतिनिधिले ल्याएको योजनालाई कुशलतापूर्वक नजितामुखी परिणाम आउनुमा कर्मचारी वर्गको भूमिका महत्त्वपूर्ण छ ।”

त्यस्तै, नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठले जनप्रतिनिधिले काम गर्ने क्रममा आलोचना आउनु स्वाभाविक भएको बताउनुभयो । उहाँले आलोचनालाई सामान्य रूपमा लिएर त्यसबाट विचलित नभई सकारात्मक रूपमा अघि बढ्दै राम्रो काम गरेर देखाउन आग्रह गर्नुभयो । उपप्रमुख श्रेष्ठले नगरपालिकाका विभिन्न शाखाले गरेका काम तथा उपलब्धिहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी जनतालाई नियमित रूपमा जानकारी गराउनुपर्नेमा समेत जोड दिनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणि पन्थीले सीमित स्रोतसाधनका बाबजुद नगरपालिकाले धेरै राम्रो काम गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उपलब्ध स्रोतसाधनको अधिकतम् उपयोग गर्दै नगरवासीलाई सेवा प्रवाह तथा विकास निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउन हाम्रो तर्फबाट अधिकतम् प्रयास भइरहेको छ ।”

नगरप्रवक्ता एवं वडा नं ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले शङ्खरापुर नगरपालिकाको विकासका लागि भएका भौतिक तथा योजनागत कामको मात्र नभई आपसी भावनात्मक सम्बन्ध, समझदारी र सहकार्यको अवस्थाबारे समेत समीक्षा हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आव २०८२/८३ मा वडा नं ६ स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कृषि तथा स्वास्थ्य क्षेत्रका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

वार्षिक प्रगति समीक्षा कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका योजना, कार्यक्रम, सेवा प्रवाह तथा हासिल भएका उपलब्धिबारेका तथ्याङ्क विवरण प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

शङ्खरापुर नगरपालिकाको वार्षिक प्रगति ७७ प्रतिशत : २१४ सडक–पुल पूर्वाधार सम्पन्न

‘न्यायालय र बारले जनताको अधिकारलाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

त्रिपक्षीय सम्झौता

जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम

कांग्रेस संस्थापनइतर पक्षको राष्ट्रिय भेला सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति