इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त
राष्ट्रिय समाचार समिति

श्रावण ३१, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै उहाँले सामाजिक सञ्जालमार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्नुभएको छ ।

“नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,” भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहतका साथै शीघ्र पुनःस्थापनाको कामना गर्दै उहाँले एक्समा लेख्नुभएको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति