‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
राष्ट्रिय समाचार समिति

श्रावण ३१, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस र आन्दोलन आवश्यक रहेको बताउनुभएको छ ।

ग्रामीण आदर्श बहुमुखी क्याम्पसको प्रथम क्याम्पस सभाको आज यहाँ उद्घाटन गर्दै उहाँले समाज र देशलाई सही दिशामा लैजान प्राज्ञिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

मन्त्री खनालले अबको नेपालको शिक्षा कस्तो हुनुपर्छ भन्ने विषयमा बौद्धिक बहस आवश्यक विचार व्यक्त गर्दै तलबभत्ताका लागि मात्र हुने आन्दोलनले देशको रूपान्तरण गर्न नसक्ने बताउनुभयो । “मुलुकको रूपान्तरणका लागि बौद्धिक आन्दोलन आवश्यक छ,” उहाँले भन्नुभयो ।

No data was found

पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले युवालाई स्वदेशमै बस्ने वातावरण निर्माण गर्न सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामेश्वर बोहराले व्यावहारिक शिक्षालाई केन्द्रमा राखेर समयानुकूल शिक्षा प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै

इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति