छ हजार पाँच सय सुधारिएको चुलो वितरण
राष्ट्रिय समाचार समिति

भदौ १, २०८३

चितवन। सपना भिलेज सोसियल इम्प्याक्टले ग्रामीण समुदायमा हालसम्म ६ हजार ५०० बढी सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । स्वच्छ, सुरक्षित तथा स्वास्थ्यमा मैत्रीपूर्ण खाना पकाउने प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण गरिएको हो ।
पछिल्लो पटक संस्थाले राप्ती नगरपालिका–८ का १५० परिवारलाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको हो । संस्थाका अध्यक्ष ध्रुव गिरीका अनुसार वडा कार्यालयबाट थप ५०० चुलो वितरणका लागि सिफारिस प्राप्त भएको छ । समुदायको आवश्यकता पहिचान गरी ती चुलोसमेत क्रमशः वितरण गरिने उहाँले बताउनुभयो ।
सपना भिलेज सोसियल इम्प्याक्टले विगत दुई वर्षदेखि सुधारिएको चुलो उत्पादन तथा वितरण गर्दै आएको छ । ग्रामीण क्षेत्रमा सुधारिएको चुलोको माग निरन्तर बढिरहेको उहाँले बताउनुभयो । विशेषगरी दाउरामा निर्भर परिवारबाट चुलोको माग बढ्दै गएको उहाँको भनाइ छ । स्थानीय तहको सिफारिस तथा समुदायको आवश्यकताका आधारमा लक्षित परिवार छनोट गरी चुलो वितरण गर्दै आएको संस्थाले जनाएको छ ।
सुधारिएको चुलोको प्रयोगबाट घरभित्र हुने धुवाँमा कमी आउनाका साथै दाउराको खपत घट्ने, खाना पकाउन लाग्ने समय तथा श्रम बचत हुने र वातावरण संरक्षणमा पनि योगदान पुग्ने अपेक्षा गरिएको छ । यसबाट विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष गिरीले बताउनुभयो । सपना भिलेज सोसियल इम्प्याक्टले स्वास्थ्य, वातावरण संरक्षण तथा दिगो विकासलाई प्राथमिकतामा राख्दै सुधारिएको धुवाँरहित चुलोको उत्पादन तथा वितरण कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँः मन्त्री यादव

नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीले स्थगित गरे आन्दोलन

स–साना नदीहरुको बहाव बढ्नेहुँदा सतर्कता अपनाउन आग्रह

कवि दुर्गालाल श्रेष्ठको निधन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति