कवि दुर्गालाल श्रेष्ठको निधन
राष्ट्रिय समाचार समिति

भदौ १, २०८३

काठमाडौँ। नेपाली र नेवाः भाषाका वरिष्ठ कवि दुर्गालाल श्रेष्ठ ९ख्वबिलु०को ९१ वर्षको उमेरमा निधन भएको छ ।
उहाँको आइतरबार राति आफ्नै निवास बूढानीकण्ठमा निधन भएको परिवारजनले बताएको छ ।  शव श्रद्धाञ्जलिका लागि आज नेपाल भाषा मंकाः खलः मा राखिने र भोलि शोभाभवगतीमा परम्पराअनुसार दाहसंस्कार गरिन भएको छ ।
उहाँका श्रीमती, एक छोरी र दुई छोरा हुनुहुन्छ । विसं १९९२ साउनमा जन्मनुभएका उहाँले लामो समय क्षेत्रपाटीस्थित कन्यामन्दिर विद्यालयमा अध्यापन गर्नुभएको थियो । कवि श्रेष्ठको पहिलो रचना सान्त्वना कविता धर्मोदय पत्रिकामा प्रकाशित भएको थियो । उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधि हासिल गर्नुभएको थियो । साहित्यकार श्रेष्ठ २०६१ सालमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको प्रज्ञा–सभासद् हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नियमित महाधिवेशन पक्षधर कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

पहिरोले बेनी बजारका १२ घरमा क्षति

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति