स–साना नदीहरुको बहाव बढ्नेहुँदा सतर्कता अपनाउन आग्रह
राष्ट्रिय समाचार समिति

भदौ १, २०८३

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले देशका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  विभागका अनुसार किरिन नदी, बर्दिया जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले तल्लो तटीय क्षेत्र र नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दा बेलुका उच्च सतर्क रहन आवश्यक छ ।
“आज सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, गोरखा, तनँहु, लमजुङ, कास्की, स्याङ्जा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,  रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, मुगु, सुर्खेत, बाँके, बर्दिया, दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भइ बहने स–साना नदीहको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ”, विभागका विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाध्यात्मक वैदेशिक रोजगारीको अवस्था अन्त्य गर्नेछौँः मन्त्री यादव

नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

सरकारसँग सहमति भएपछि म्यानपावर व्यवसायीले स्थगित गरे आन्दोलन

स–साना नदीहरुको बहाव बढ्नेहुँदा सतर्कता अपनाउन आग्रह

कवि दुर्गालाल श्रेष्ठको निधन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति