नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
राष्ट्रिय समाचार समिति

भदौ १, २०८३

काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६४१ दशमलव ८२ मा पुगेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य आठ अङ्कले घटेर ४६३ दशमलव ६४ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४७ अङ्कले घटेर १८१ दशमलव  २८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ४९ अङ्कले घटेर १५६ दशमलव ६४ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर रु पाँच अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य बढेको छ भने आठ उपसमूहको मूल्य घटेको छ ।
त्यस्तै आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घट्नुका साथै पाँच कम्पनी स्थिर रहेका छन् । नेप्सेका अनुसार आज सर्वोत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, रिलाइन्स स्पिनिङ मिल्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी फष्ट माइक्रोफाइनान्स लघुवित्त, महिला लघुवित्त, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति