कीर्तिपुरमा बाघभैरव जात्रा
राष्ट्रिय समाचार समिति

भदौ १, २०८३

काठमाडौँ। बाघभैरव मन्दिर कीर्तिपुरमा प्रत्येक वर्ष भदौ १ गते मनाइने बाघभैरव जात्रा आज मनाइएको छ ।

बाघभैरवको मूर्तिको स्थापना दिवसका अवसरमा आज उक्त जात्रा मनाइएको हो । गोपालराज वंशावलीका अनुसार कीर्तिपुरको स्थापना राजा शिवदेव तृतीयले नेपाल संवत्को २१९ देखि २४६ को बिचमा गरेको उल्लेख छ । कीर्तिपुर स्थापना कालसँगै बाघभैरवको पनि स्थापना भएको मानिँदै आएको छ ।

एक किवदन्ती अनुसार, बाघभैरव भएको स्थानमा पहिलो जङ्गल रहेकाले त्यहाँ गोठालाले भेडाबाख्रा चराउने क्रममा माटोबाट बनेको जिब्रो नभएको बाघको मूर्ति फेला परेको थियो ।

No data was found

त्यही मूर्तिमा भैरवको रुप धारणा गरी बाघले भेडाबाख्रा, राँगालगायतका चौपाया खाइदियो । त्यही रिसले गोठालाले त्यो माटो बाघको मूर्तिमा जीब्रो नहालेकाले त्यहाँको बाघभैरवको मूर्तिमा जिब्रो नभएको भन्ने गरिएको छ ।

पहिला होम अनुष्ठानसहित पूजा गरी उक्त जात्रा मनाउने गरिएकामा विसं २०१३ भदौदेखि मात्र बाघभैरवको खटजात्रा चलाउन थालिएको संस्कृतिविद् डा ब्रजमुनि बज्राचार्यले जानकारी दिनुभयो ।

बाघभैरव मन्दिरमा तीनवटा मूर्ति छन् । त्यस मध्ये करिब १२ इन्चको सानो मूर्तिलाई लक्ष्मी बुइगलमा लगेर स्थान गरिन्छ ।

त्यही बाघभैरवको मूर्तिलाई विभिन्न बाजासहित चार जनाले आज खटमा बोकेर कीर्तिपुरको नगर परिक्रमा गराइने परम्परा छ । उक्त खट जात्रा बाघभैरव मन्दिरबाट सुरु भइ चिथु टोल, तननी, सिंह दबु, दे पुखु, गल्छेँ, ल्याकू हुँदै पुन बाघभैरव मन्दिर विसर्जन हुने कीर्तिपुर वडा १ का अध्यक्ष इच्छाकुमार महर्जनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

नियमित महाधिवेशन पक्षधर कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो

पहिरोले बेनी बजारका १२ घरमा क्षति

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

रासायनिक मल सुनिश्चितताका लागि अध्ययन कार्यदल गठन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति