‘बालश्रमसम्बन्धी विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
राष्ट्रिय समाचार समिति

भदौ ३, २०८३

काठमाडौँ। प्रतिनिधिसभाले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राख्नुभएको उक्त प्रस्ताव बैठकले सर्वसम्मतीले स्वीकृत गरेको हो । प्रस्ताव पेश गर्दै मन्त्री यादवले विधेयकका सम्बन्धमा सांसदहरुका सुझावहरु महत्वपूर्ण रहेको उल्लेख गर्दै उक्त सुझावहरु विधेयकमा समेटिने बताउनुभयो । उहाँले यससम्बन्धी २७ वर्ष पुरानो कानुन समय सान्दर्भिक संशोधन गर्नका लागि विधेयक ल्याउनुपरेको उल्लेख गर्नुभयो ।
पछिल्लो समयको बढ्दो जनचेतना, सूचना र प्रविधिको विकास, स्थानीय तहको भूमिकालगायत कारणले पनि विधेयक ल्याउनुपरेको मन्त्री यादवले बताउनुभयो । स्थानीय तहको सरकारलाई बालबालिकाका असर नजिकबाट जानकारी हुने र तीनै तहका सरकारबीच समन्वय तथा जिम्मेवारीको व्यवस्था विधेयकमा रहेको उहाँको भनाइ थियो ।
मन्त्री यादवले बाल श्रममुक्त घोषणा गरेका १४ स्थानीय तहका भूमिकाबाट पनि उक्त विषय पुष्टि हुने उल्लेख गर्दै विधेयकबाट बालबालिकालाई श्रममा लगाउने दोषीलाई प्रभावकारी कारवाही हुने बताउनुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ८ गते दिउँसो १ः०० बजे बस्ने छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

विजय थापाको निर्देशनमा ‘आँसु बिक्ने सहर’ आएको छ

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

विभिन्न तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति