विजय थापाको निर्देशनमा आयो ‘आँसु बिक्ने सहर’

पाविलन्युज

भदौ ४, २०८३

धादिङ। गायक तथा निर्देशक विजय थापाको स्वरमा सजिएको र एबी राउतको प्रस्तुतीमा बनेको नयाँ आधुनिक गीत ‘आँसु बिक्ने सहर’  विजय थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।

माया र विछोडको भावनालाई मार्मिक रूपमा प्रस्तुत गरिएको यस गीतमा शंकर भुजेलका शब्द रचना तथा एनिश एन्जल राईको संगीत रहेको छ। गीतको संगीत संयोजन बुद्ध स्याङबाले गरेका छन् भने प्रकाश केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ। यो गीत ड्रीम्स स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियोतर्फ भने गायक विजय थापा स्वयम्‌को निर्देशन रहेको छ। भिडियोमा एमबी राउत, अप्सरा मगर र विजय थापाको मुख्य अभिनय रहेको छ। ओम प्रसाईंको छायांकन, सम्पादन र कलरिङ रहेको यस भिडियोमा उर्मिला लामाको शृंगार र ग्यालरी हाउसको पोस्ट प्रोडक्सन रहेको छ। एम राउत प्रस्तुतीमा यो गित बनेको छ ।

No data was found

सार्वजनिक भएसँगै गीतलाई युट्युबमा दर्शक तथा श्रोताहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कामको ज्याला रोकिँदा मजदुरको धादिङबेसीमा बिचल्ली, स्थानीयको सहारामा काट्दैछन् दशैं !

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

लागुऔषधसहित नौ जना पक्राउ

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

यो पनि पढ्नुहोस
पाविलन्युज