‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल निष्कर्षउन्मुख
राष्ट्रिय समाचार समिति

भदौ ४, २०८३

काठमाडौँ। विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल निष्कर्षउन्मुख छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले दफा २४ देखि अन्तिमसम्मका दफामा भएको छलफल निष्कर्षउन्मुख भएको हो ।

समितिका सचिव दशरथ धमलाले विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकको नियुक्ति, योग्यता, काम कर्तव्य र अधिकारका प्रावधानलगायत सबै विषयमा संशोधनसहितको छलफल र निष्कर्ष प्राप्त भएको जानकारी दिनुभयो ।

No data was found

प्रयोगशालाका कार्यकारी निर्देशक नियुक्त गर्दा विधेयकमा प्रस्तावित शैक्षिक योग्यताका साथै जातीय विभेद तथा छुवाछुतको व्यवहार नगरेको व्यक्ति हुनुपर्ने व्यवस्था यसअघिकै बैठकले थपेको छ ।

सो विधेयकमाथि सांसद लीमा अधिकारी (आचार्य), अशोकुमार चौधरी र गोपाल शर्माले संशोधन दर्ता गराउनुभएको छ ।

समितिको बैठकमा संशोधन र छलफलमा उठेका विषयमा विज्ञान, प्रविधि तथा नवप्रवर्द्धनमन्त्री महावीर पुनले जवाफ दिनुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल निष्कर्षउन्मुख

सुनचाँदीको मूल्य ह्वात्त बढ्यो

विजय थापाको निर्देशनमा ‘आँसु बिक्ने सहर’ आएको छ

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति