भरतपुर धाउनुपर्ने बाध्यता हटाउँदै बकुलहर रत्ननगर अस्पताल
राष्ट्रिय समाचार समिति

भदौ ५, २०८३

चितवन। पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै गएको छ । यहाँ विगत तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।
गत आवमा यस अस्पतालको बहिरङ्ग सेवामा मात्र तीन लाख १७ हजार २६६ बिरामीले सेवा लिएका थिए । अस्पतालको तथ्याङ्कअनुसार आव २०८१/८२ मा दुई लाख ९६ हजार ५३८ तथा आव २०८०/८१ मा दुई लाख ४५ हजार ६९४ बिरामीले बहिरङ्ग सेवाबाट उपचार लिएका थिए । यहाँ दैनिक एक हजार २०० ले बहिरङ्ग सेवाबाट उपचार लिने गरेको अस्पतालका जनस्वास्थ्य निरीक्षक पुष्पराज आचार्यले जानकारी दिनुभयो । अस्पतालले अहिले बहिरङ्ग सेवाबाट २० प्रकारका उपचार सेवा दिँदै आएको छ ।
अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत बिरामी स्वास्थ्य बिमाका रहेका छन् । उहाँका अनुसार गत आवमा दुई लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमाबाट सेवा लिएका थिए । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने बिरामीको चाप पनि बढ्दै गएको छ । आकस्मिक कक्षमा आव २०८०/८१ मा १८ हजार १०७ जनाले सेवा लिएकामा आव २०८१/८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले सेवा लिएका जनस्वास्थ्य निरीक्षक आचार्यले बताउनुभयो ।
आकस्मिक कक्षमा उपचारका लागि आएका बिरामीमध्ये आव २०८०/८१ मा तीन हजार ९८० जना, आव २०८१÷८२ मा चार हजार ५२० र गत आवमा चार हजार ६८५ जनाले भर्ना भएर सेवा लिएका थिए । यस अस्पतालमा प्रसूति सेवा लिने बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ । अस्पतालका अनुसार आव २०८०/८१ मा ७५५ जना, आव २०८१/८२ मा ७५२ जना र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा प्रसूति सेवा सुरु भएपछि यस क्षेत्रका महिलालाई भरतपुर अस्पतालसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यस अस्पतालमा आएका बिरामीको गत आवमा एक हजार २७१ जनाको गम्भीर शल्यक्रिया गरिएको छ । आव २०८१/८२ मा एक हजार ३४ जनाको र आव २०८०/८१ मा एक हजार १८० जनाको गम्भीर शल्यक्रिया गरिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन

मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति