कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
राष्ट्रिय समाचार समिति

भदौ ५, २०८३

काठमाडौँ। सर्वोच्च अदालतमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । पार्टीका पूर्वसभापति शेरबहादुर देउवाका तर्फबाट बारेसमार्फत आगामी असोजमा तय भएको १५औँ महाविधेशन रोक्न आदेशको माग गर्दै आज रिट निवेदन दायर गरिएको हो ।
कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ । उक्त निर्णय रोक्न रिट निवेदन पेस गरिएको हो । कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतमा पुनः सुनुवाइ गर्न देउवा पक्षले निस्सा (अनुमति) पाएको छ । सोको टुङ्गो नलाग्दासम्म महाधिवेशन प्रक्रिया रोक्न रिट निवेदनमा माग गरिएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन

मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति