महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन
राष्ट्रिय समाचार समिति

भदौ ६, २०८३

काठमाडौँ। साउदी अरेबियाको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले नेपाली श्रमिकलाई साउदी श्रम कानुनका प्रमुख प्रावधान, रोजगार सम्झौता, कामदारका अधिकार तथा कर्तव्यबारे विस्तृत जानकारी गराएको छ ।
स्थानीय अल–खुम्रा ९क्विजेन० क्षेत्रमा कार्यरत नेपाली श्रमिक तथा स्थानीय नेपाली समुदायका अगुवालाई लक्षित गरी आयोजना गरिएको ‘श्रमिक सचेतना तथा अन्तरक्रिया’ मा श्रमिकले थाहा पाउनुपर्ने आधारभूत विषयवस्तुसहितको ज्ञान दिइएको उपमहावाणिज्यदूत यज्ञराज पौडेलले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले जान्नैपर्ने विषयका अतिरिक्त साउदी अरेबियामा पछिल्लो समय अनिवार्य तथा उपयोगी बनेका डिजिटल प्लेटफर्मको प्रयोग विधि, तिनको उपयोगिता तथा अनलाइन सेवा लिने तरिकाबारे सहभागीलाई व्यावहारिक ज्ञान प्रदान गरिएको दूतावासले जनाएको छ ।
नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको कार्यस्थल तथा बसोबास क्षेत्रमै पुगेर प्रत्यक्ष अन्तरक्रिया गर्ने उद्देश्यसहित आयोजित उक्त कार्यक्रममा महावाणिज्यदूत पारस पण्डितसहित गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का प्रतिनिधि, स्थानीय सामाजिक संस्थाका प्रतिनिधि तथा श्रमिक गरी करिब १०० जनाको सहभागिता रहेको जनाइएको छ ।
त्यस अवसरमा नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि लागू गरेको सामाजिक सुरक्षा कोषको महत्त्व, आबद्ध हुने प्रक्रिया तथा प्राप्त हुने दीर्घकालीन लाभका विषयमा पनि गहन छलफल भएको उपमहावाणिज्यदूत पौडेलले जानकारी दिनुभयो ।
स्थानीय नेपाली समुदायका अगुवा तथा सङ्घ–संस्थाका प्रतिनिधिलाई ती विषयमा दक्ष बनाउँदै उनीहरूमार्फत कार्यस्थलमा आइपर्ने साना–तिना समस्या स्थानीय तहमै सहजीकरण र समाधान गर्न मद्दत पुगोस् भन्ने  कार्यक्रमको उद्देश्य थियो ।
उक्त अवसरमा महावाणिज्य दूतावासले सूचना प्रवाहलाई छिटोछरितो र प्रभावकारी बनाउन सञ्चालनमा ल्याएका विभिन्न सामाजिक सञ्जाल ९फेसबुक, टिकटक, ह्वाट्सएप० बारे पनि जानकारी गराएको जनाएको छ ।  कार्यक्रममा श्रमिकले आ–आफ्ना समस्या, जिज्ञासा र अनुभव सुनाउनुभएको थियो ।
त्यस अवसरमा महावाणिज्य दूतावासको आधिकारिक सेवा, राहदानी, कन्सुलर सहायता तथा गुनासो दर्ताका लागि जारी गरिएको ह्वाट्सएप नम्बर (०५३१२५४०९९) मार्फत सहजै सेवा लिन सकिने विषय पनि जानकारी गराएको थियो ।
महावाणिज्यदूतावासका प्रतिनिधिले भने आगामी दिनमा पनि यस्ता कार्यस्थल–केन्द्रित सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन

‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट

हेलो सरकार र सतर्कता केन्द्रद्वारा चार यातायात कार्यालयमा अनुगमन

मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिने

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति