नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

राष्ट्रिय समाचार समिति

भदौ ८, २०८३

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा छ चौकाको सहयोगमा ३९ रन जोडेका हुन् । त्यस्तै मायन यादवले ३१ रन बनाए भने कप्तान अनिल साहले २८ तथा लोकेश बम २० रनमा अविजित रहे । त्यसैगरी तृतराज दासले १०, नारायण जोशीले चार, पवन सर्राफले तीन, बिपिन खत्रीले दुई तथा युवराज खत्रीले  र शाहब आलमले समान एकरएक रन जोडे ।
बलिङतर्फ होबार्ट हुरिकेन्स एकेडेमीका राफ म्याकमिलनले सर्वाधिक तीन विकेट लिए भने मार्कस बिनले दुई विकेट झारे । त्यस्तै ब्राड्ली होप र निवेथन राधाकृष्णनले समान एकरएक विकेट लिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

बडादसैँको टीका आज पनि लगाइँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति