नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य
राष्ट्रिय समाचार समिति

भदौ ८, २०८३

काठमाडौँ। अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपाल ‘ए’ टोलीले होबार्ट हुरिकेन्स एकेडेमीलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ । अस्ट्रेलियाको डार्विनस्थित मारारा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५४ रनको योगफल बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा छ चौकाको सहयोगमा ३९ रन जोडेका हुन् । त्यस्तै मायन यादवले ३१ रन बनाए भने कप्तान अनिल साहले २८ तथा लोकेश बम २० रनमा अविजित रहे । त्यसैगरी तृतराज दासले १०, नारायण जोशीले चार, पवन सर्राफले तीन, बिपिन खत्रीले दुई तथा युवराज खत्रीले  र शाहब आलमले समान एकरएक रन जोडे ।
बलिङतर्फ होबार्ट हुरिकेन्स एकेडेमीका राफ म्याकमिलनले सर्वाधिक तीन विकेट लिए भने मार्कस बिनले दुई विकेट झारे । त्यस्तै ब्राड्ली होप र निवेथन राधाकृष्णनले समान एकरएक विकेट लिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

कहिले अन्त्य हुन्छ एम्बुलेन्समै बिरामीले प्राण त्याग्ने अवस्था

नेपालद्वारा होबार्ट हुरिकेन्सलाई १५५ रनको लक्ष्य

विकास र सुशासनको मुख्य मेरुदण्ड नै महिलाहरूको सक्रियता हो

९ सिटसम्मका निजी सवारीका लागि नागढुंगा सुरुङमार्ग खुला

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति