मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो

राष्ट्रिय समाचार समिति

भदौ ९, २०८३

काठमाडौँ। मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले टस हारेर फिल्डिङको निम्तो पाएको छ । यी दुई टोलीबीचको खेल मलेसियामा जारी छ ।

नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध अभ्यास म्याच खेलिरहेको हो । नेपालले हालै भारतमा १० दिनको प्रशिक्षण सम्पन्न गरेको थियो । जहाँ नेपालले कर्नाटक राज्यस्तरीय टोलीविरुद्ध दुईवटा अभ्यास खेल पनि खेलेको थियो ।

नेपाली टिमले उक्त दुवै अभ्यास खेलमा जित निकालेको थियो । भारतमा अभ्यास सकाएर नेपाली टोली उतैबाट मलेसिया प्रस्थान गरेको थियो ।
आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ । समूह चरणमा नेपालले पहिलो खेलमा भदौ १५ गते बहराइनविरुद्ध खेल्ने तालिका छ । यस्तै, नेपालले समूह चरणमा आयोजक मलेसिया, साउदी अरेबिया र हङकङविरुद्ध पनि खेल्ने छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

मल्लकालीन युद्धको झल्को दिने खाँ पिहाँवइगु जात्रा सम्पन्न

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

बडादसैँको टीका आज पनि लगाइँदै

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति