पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
राष्ट्रिय समाचार समिति

भदौ ९, २०८३

चितवन। पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको छ । नगर क्षेत्रका पशुमा रेविजको लक्षण देखिएको हो । रत्ननगर –९ र १० को नमूनामा रोगको सङ्क्रमण पुष्टि भएको छ ।

पशु सेवा कार्यालयका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जर्सी गाईमा रोग सङ्क्रमण पुष्टि भएको हो । उहाँका अनुसार यो रोग लागेका गाई भैँसीले ¥याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे या अन्य जनावारलाई टोक्न खोज्ने, पानी खान नखोज्ने, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने हुन्छ । कुकुर बिरालामा रेविजविरुद्धको भ्याक्सिन लगाइए पनि अन्य पशु चौपायमा खासै यसको सुई लगाइँदैन ।

रोगको सङ्क्रमण देखिएसँगै सङ्क्रमित क्षेत्रमा पालिएका पशु चौपायमा रोविजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्दछ । जिल्लाका अन्य पालिकाहरुमा समेत यस रोगको सङ्क्रमण देखिन सक्ने जनाउँदै उहाँले पशुपालक किसानलाई उच्च साबधानी अपनाउन आग्रह गर्नुभयो ।

No data was found

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुस्का राजभण्डारीका अनुसार पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको सङ्क्रमण देखिएको छ । यहाँका पशुहरुको नमूना सङ्कलन गरी परीक्षणका लागि केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइएको छ । रोगको सङ्क्रमण देखिए पछि सङ्क्रमित क्षेत्रमा उच्च सतर्कता अपनाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा सो पालिकामा चार वटा नमूना सङ्कलन गरिएको छ । दुई वटा नमूनाको परिक्षणका लागि पठाउने तयारी गरिएको छ । दुई वटामा सङ्क्रमणको पुष्टि भइसकेको छ । पशु मरेपछि नमूना परीक्षणका लागि पठाउने गरिन्छ ।

सङ्क्रमणको लक्ष्याण देखिएका नौदेखि १० दिनको बीचमा पशु मर्ने गरेको उहाँले जानकारी दिनुभयो । यस पालिकाको वडा नम्बर ९, १० र १६ मा रेविजको सङ्क्रमण देखिएको हो । यस क्षेत्रमा न्याउरी मुसा र स्यालको टोकाइले रेविज सरेको उहाँको अनुमान छ । रेविजको सङ्क्रमण देखिएका क्षेत्रमा रहेका पशु तथा मानिसहरुमा रेविजविरुद्धको सुई दिन थालिएको उहाँले जानकारी दिनुभयो ।

कुकुर र जङ्गली जनावरको टोकाइबाट सर्ने यस रोग जङ्गलको आसपासमा रहेका कृषकहरुलाई सतर्कता अपनाउन र लक्ष्यण देखिए तत्काल खबर गर्न अनुरोध गरिएको उहाँले वताउनुभयो । जनावरले टोकेको वा चिथोरेको ठाउँमा तुरुन्तै १५ मिनेटसम्म साबुन र बगिरहेको सफा पानीले राम्ररी धुने, चिकित्सकको सल्लाहअनुसार तुरुन्तै र तोकिएको तालिकाअनुसार रेविजविरुद्धको खोप लगाउने, घरपालुवा कुकुर र बिरालालाई नियमित रूपमा प्रत्येक वर्ष रेविजविरुद्धको खोप लगाउने, शङ्कास्पद वा अनौठो व्यवहार देखाएका पशुहरूलाई अन्य जनावर र मानिसबाट टाढा सुरक्षित ठाउँमा थुनेर राख्ने गर्नुपर्ने उहाँले सुझाब दिनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने  निर्णय

राष्ट्रियसभाः समसामयिक विषयमा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

सुनचाँदीको मूल्य घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति