गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने  निर्णय
राष्ट्रिय समाचार समिति

भदौ ९, २०८३

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ ।
आज यहाँ बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिनुभयो ।
“एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरुसँग एमालले संवाद सुरु गर्छ ।” एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेका सन्र्दभमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उहाँको भनाइ छ ।
नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहनुभएको छ । गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उहाँहरु मन्त्रीको जिम्मेवारीमा पुग्नुभएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने  निर्णय

राष्ट्रियसभाः समसामयिक विषयमा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

सुनचाँदीको मूल्य घट्यो

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति