उच्च सतर्कता अपनाउन मन्त्री श्रेष्ठको आग्रह
राष्ट्रिय समाचार समिति

भदौ १०, २०८३

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा ठूलो बाढी आएपछि त्रिशूली नदीको बहाव बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

मन्त्री श्रेष्ठले नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदी तटीय क्षेत्रका जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा रहन अनुरोध गर्नुभएको हो । उहाँले उद्धार तथा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित सबै निकायसँग निरन्तर समन्वय भइरहेको बताउनुभएको छ । जोखिमयुक्त क्षेत्रमा नजान तथा परिवार, छिमेकी र समुदायलाई सचेत गराउन उहाँले आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

मलेखु सहित धादिङको तीन पुल बगायो, गल्छी, जिन्टेटार र मासटारको पुल यतिबेलासम्म सुरक्षित

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

उच्च सतर्कता अपनाउन मन्त्री श्रेष्ठको आग्रह

बाढीले बगायो धादिङबेसी–फुर्केखोला जोड्ने पक्की पुल

भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति