भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने
राष्ट्रिय समाचार समिति

भदौ १०, २०८३

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ वर्गमिटरका १५ वटा आपतकालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागिएको जनाइएको छ ।

मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपतकालीन शय्या छुट्याइएको छ । हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ ।

आपतकालीन स्वास्थ्य सेवाका लागि काठमाडौँस्थित सङ्घीय अस्पताल, रक्तसञ्चार केन्द्र, बागमती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

No data was found

नेपाल रेडक्रस र नेपाल स्काउटमार्फत केही चिकित्सक तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरमा कार्यरत छ जना चिकित्सक र दुई जना नर्सलाई प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ । त्यसैगरी आवश्यक स्वास्थ्य उपकरणसहित एउटा एम्बुलेन्स पनि प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयका अनुसार रसुवाको धुन्चेस्थित स्वास्थ्य चौकी र रसुवा अस्पतालसँग पनि सहकार्य भइरहेको छ । आपतकालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

भोटेकोशी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने

मलेखु सहित धादिङको तीन पुल बगायो, गल्छी, जिन्टेटार र मासटारको पुल यतिबेलासम्म सुरक्षित

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

उच्च सतर्कता अपनाउन मन्त्री श्रेष्ठको आग्रह

बाढीले बगायो धादिङबेसी–फुर्केखोला जोड्ने पक्की पुल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति