समाज कल्याण परिषद्को आह्वानः उद्धार, राहत र पुनःस्थापना जुटौँ
राष्ट्रिय समाचार समिति

भदौ १०, २०८३

काठमाडौँ। समाज कल्याण परिषद्ले रसुवाको भोटेकोशी–त्रिशूलीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनःस्थापनामा जुट्न आह्वान गरेको छ ।

परिषद्ले आज अत्यन्त जरुरी सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ–संस्थालाई प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेको हो ।

साथै, गैरसरकारी सङ्घ–संस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई गराउन अनुरोध गरिएको छ । परिषद्ले विपद्को समयमा प्रभावित नागरिकसम्म सहायता पुर्‍याउन सामाजिक सङ्घ–संस्थाहरूलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सम्पर्कविहीन मध्ये प्रकास लम्सालले फोनमा भनेका थिए– हामी बाढीमा फस्यौं, बालबच्चा हेरिदिनू भन्दाभन्दै फोन काटियो..

पुल बगाएपछिको मलेखु र बिहानी पम्प आसपासको अवस्था (फोटोकथा)

धादिङबाट गोसाइँकुण्ड जानेक्रमना सम्पर्कबिहीन बसमा को-को छन् ? (नामावली सहित)

धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको बस सम्पर्क विहीन

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति