सम्पर्कविहीन मध्ये प्रकास लम्सालले फोनमा भनेका थिए– हामी बाढीमा फस्यौं, बालबच्चा हेरिदिनू भन्दाभन्दै फोन काटियो..
सम्बाददाता

भदौ १०, २०८३

धादिङ । धादिङबाट गोसाइकुण्ड स्नानका लागि गएका यात्रुहरूले विहान करिब ९ बजे रसुवाको बेत्रावती क्षेत्रमा बाढीमा फसेको जानकारी गराएका थिए । उनीहरूले अन्तिम समयमा आफन्तलाई फोन गरेर आफुहरु समस्यामा परेका बताएका थिए ।

नीलकण्ठ नगरपालिका–१२ का प्रकाश खनालका अनुसार धादिङबेसीबाट बा ५ ख १२५० नम्बरको बस रिजर्भ लिएर बुधबार बिहान करिब ६ बजे गोसाइकुण्डतर्फ निस्किएको थियो । बसमा चालकसहित २६ जना सवार रहेको र त्यसमध्ये नीलकण्ठ–१२ का प्रकास लम्सालसँग बिहान करिब ९ बजे रसुवाको बेत्रावतीबाट अन्तिम पटक सम्पर्क भएको उनले बताएका छन् ।

सम्पर्कविच्छेद हुनुअघि गोसाइकुण्डको यात्रामा रहेका नीलकण्ठ–१२ का प्रकाश लम्सालले आफ्ना साथी प्रकाश खनाललाई फोन गरेका थिए । आत्तिएका लम्सालले फोनमा रुँदै भनेका थिए– ‘हामी पानीमा फसेका छौं, बेत्रावतीको एउटा घरको छतमा छौं । मेरो घरमा गएर बालबच्चा हेरिदिऊ है… । यही कुरा गर्दागर्दै फोन काटिएको र त्यसपछि उनीहरूसँग कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको खनालले जानकारी दिएका छन् । सम्पर्कविच्छेद भएपछि परिवार र आफन्तहरू थप चिन्तामा परेका छन् ।

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
89%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
11%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 19

ताजा खबर

सम्पर्कविहीन मध्ये प्रकास लम्सालले फोनमा भनेका थिए– हामी बाढीमा फस्यौं, बालबच्चा हेरिदिनू भन्दाभन्दै फोन काटियो..

पुल बगाएपछिको मलेखु र बिहानी पम्प आसपासको अवस्था (फोटोकथा)

धादिङबाट गोसाइँकुण्ड जानेक्रमना सम्पर्कबिहीन बसमा को-को छन् ? (नामावली सहित)

धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको बस सम्पर्क विहीन

यो पनि पढ्नुहोस
सम्बाददाता