बाढीले फुर्केखोला पुल बगाएपछि धादिङबेसीसँगको यातायात सम्पर्क विच्छेद, अन्य चार वटा पुल पनि बगायो
पाविलन्युज

भदौ १०, २०८३

धादिङ । त्रिशूली नदीमा आएको भीषण बाढीले मलेखुस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि धादिङको सदरमुकाम धादिङबेसी र पृथ्वीराजमार्गबीचको मुख्य यातायात सम्पर्क पूर्ण रूपमा टुटेको छ। २०५६ सालमा निर्माण भएको उक्त पुल बाढीको तीव्र बहावले ढालेको हो।

फुर्केखोला पुलबाहेक जिल्लाका अन्य चारवटा पक्की पुलमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ। गल्छी गाउँपालिका अन्तर्गतका बैरेनी–स्यालटार, केउरिनी–कोसीखोला, पिपलटार–घाटबेसी र जरेखेत–कुम्पुर जोड्ने पक्की पुलहरूमा क्षति पुगेपछि स्थानीय यातायात सेवा प्रभावित भएको छ।

रसुवा क्षेत्रमा बाढी आएको पूर्वसूचना पाउनासाथ धादिङ प्रशासनले बेलैमा सतर्कता अपनाउँदै नदी किनारका बजार, बस्ती र पुलहरूमा मानिस तथा सवारी साधनको आवतजावतमा रोक लगाएको थियो। पूर्वतयारी र समयमै आवतजावत बन्द गराइएकाले मानवीय क्षति हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ।

No data was found

बाढीका कारण गल्छी गाउँपालिका–८ को निबुवाबोटे बस्ती, महेशदोभान, बैरेनी बजार, घाटबेसी, बेल्खु, जरेखेत, फुर्केखोला, मलेखु र बेनिघाटलगायतका क्षेत्रमा रहेका धेरै घर तथा भौतिक संरचनामा क्षति पुगेको छ। त्रिशूली नदीको तीव्र कटानका कारण नदी किनारका अधिकांश बस्तीहरू जोखिममा परेका छन् भने पृथ्वीराजमार्गको केही भागसमेत कटानमा परेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले नुवाकोटबाट करिब ३ सय बेपत्ता, ११ जनाको शव फेला, ८ सय घरमा क्षति

बाढीले फुर्केखोला पुल बगाएपछि धादिङबेसीसँगको यातायात सम्पर्क विच्छेद, अन्य चार वटा पुल पनि बगायो

त्रिशूलीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानबाट १६ जनाको शव फेला, तीन जनाको जीवितै उद्धार

सम्पर्कविहीन मध्ये प्रकास लम्सालले फोनमा भनेका थिए– हामी बाढीमा फस्यौं, बालबच्चा हेरिदिनू भन्दाभन्दै फोन काटियो..

पुल बगाएपछिको मलेखु र बिहानी पम्प आसपासको अवस्था (फोटोकथा)

यो पनि पढ्नुहोस
पाविलन्युज