काठमाडौ । रसुवाको बाढीले बैंकका सबै गरी १८ शाखा बगाएको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका ९, विकास बैंकका ८ र फाइनान्स कम्पनीको १ गरी १८ शाखा बगाएको जनाएको छ।
सानिमा बैंक, नेपाल इन्भेष्टमेण्ट मेघा बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, एनएमबि बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंकका शाखा बगाएको छ।
त्यस्तै ज्योति विकास बैंकका ४, लुम्बिनी विकास बैंकको २, सांग्रिला विकास बैंकको १, मुक्तिनाथको १ शाखा र आईसीएफसी फाइनान्सको १ शाखा पूर्ण रूपमा क्षति भएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताएका छन्।
बैंकका शाखाहरूमा कार्यरत २६ जना कर्मचारी समेत सम्पर्कविहीन भएको उनको भनाइ छ। बैंकमा रहेको सबै नगद, लकरमा राखिएको सुनचाँदी तथा धितोमा राखिएको सम्पूर्ण लालपूर्जा बगेका छन्।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
100%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1