बाढी अपडेट: धादिङको धुनिबेसीका मात्रै ७ जना सम्पर्कविहीन (अधिकांश सवारी चालक)
सम्बाददाता

भदौ ११, २०८३

धादिङ । रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण धादिङको धुनिबेसी नगरपालिकाका ७ जना स्थानीय बासिन्दा सम्पर्कविहीन भएका छन्।

पेसाले अधिकांश सवारी चालक रहेका उनीहरू रोजगारी तथा सवारी साधन लिएर रसुवा क्षेत्रमा पुगेका बखत बाढीको चपेटामा परेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

सम्पर्कविहीन हुनेहरूमा धुनिवेशी नगरपालिका–८ का निराजन श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन्। त्यस्तै, धुनिवेशी नगरपालिका–६ का राज श्रेष्ठ, किरन भुजेल, जीवन श्रेष्ठ, दशरथ डंगोल र नवराज खत्री रहेका छन्।

No data was found

भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्र र रसुवाका विभिन्न स्थानमा आएको बाढी-पहिरोपछि उक्त क्षेत्रको सञ्चार सेवा अवरुद्ध हुँदा पनि उनीहरूसँग सम्पर्क हुन नसकेको हुनसक्ने अनुमान छ । बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली जुटिरहेको छ।

सम्पर्कविहीन व्यक्तिहरूको विवरण:
• निराजन श्रेष्ठ (धुनिवेशी न.पा. ८, धादिङ)
• राजेन्द्र श्रेष्ठ (धुनिवेशी न.पा. ८, धादिङ)
• राज श्रेष्ठ (धुनिवेशी न.पा. ६, धादिङ)
• किरन भुजेल (धुनिवेशी न.पा. ६, धादिङ)
• जीवन श्रेष्ठ (धुनिवेशी न.पा. ६, धादिङ)
• दशरथ डंगोल (धुनिवेशी न.पा. ६, धादिङ)
• नवराज खत्री (धुनिवेशी न.पा. ६, धादिङ)
सम्पर्कविहीन भएका परिवारजनले शीघ्र उद्धार र खोजीका लागि आग्रह गरेका छन्। स्थानीय तह र प्रहरीले उनीहरूको अवस्था पत्ता लगाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रभावितको यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् स् प्रधानमन्त्री

भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र

बाढी अपडेट: धादिङको धुनिबेसीका मात्रै ७ जना सम्पर्कविहीन (अधिकांश सवारी चालक)

एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

बाढीको असर: नारायणगढ–काठमाडौँ सडकमा सवारी आवागमन बन्द, तटीय क्षेत्रमा उच्च सतर्कता

यो पनि पढ्नुहोस
सम्बाददाता