भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री
राष्ट्रिय समाचार समिति

भदौ ११, २०८३

काठमाडौँ। भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता तथा विपद् राहत पठाउने भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करले आज बिहान ३७ दशमलव पाँच टन सामग्री नेपाल पठाइएको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
“भारत नेपालका अधिकारीहरुसँग नियमित सम्पर्कमा छ, हामी विपद् सहायतामा सहयोगका लागि कटिबद्ध छौँ”, उहाँले भन्नुभएको छ ।
भारत सरकारले यसअघि रसुवाका बाढी प्रभावितका लागि बुधबार राति १० टन राहत सामग्री नेपाल पठाएको थियो । बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, खाद्यान्न र आवश्यक औषधि नेपाल पठाइएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रसुवा बाढी: धादिङ रुबीभ्यालीका १५ जना अझै सम्पर्कविहीन (नामावली सहित)

विपद्पछिको पहिलो प्राथमिकता : उद्धारसँगै थप क्षती रोक्नुपर्छ

बाढी प्रभावित ७० जनालाई लायन्स क्लब अफ धादिङ मण्डलीको राहत

छिनभरमै सम्पर्कविहीन धादिङका १२ दम्पती अझै बेखबर, गाउँमा सन्नाटा

गंगाजमुनाका मात्रै १५ जना सम्पर्कविहीनः खोजतलास र उद्धारका लागि गाउँपालिकाको अपिल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति