परराष्ट्रमन्त्री खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता  
राष्ट्रिय समाचार समिति

भदौ ११, २०८३

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानबीच आज टेलिफोन वार्ता भएको छ ।
टेलिफोन वार्ताका क्रममा दुई परराष्ट्रमन्त्रीबीच नेपालमा बुधबार भएको विपद्पछि जारी खोज, उद्धार तथा राहतकार्यका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढीबाट आक्रान्त नेपाललाई अत्यावश्यक सहयोग गर्ने प्रस्ताव गरेकामा बङ्गलादेश सरकारप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले बाढीपीडितको उद्धार, राहत र सहयोगका विषयमा नेपालले बङ्गलादेशसँग निकट समन्वय कायम राख्ने बताउनुभयो ।
रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतकार्य जारी रहेको विषम अवस्थामा दुई देशका विदेशमन्त्रीबीच उक्त टेलिफोन वार्ता भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

रसुवा बाढी: धादिङ रुबीभ्यालीका १५ जना अझै सम्पर्कविहीन (नामावली सहित)

विपद्पछिको पहिलो प्राथमिकता : उद्धारसँगै थप क्षती रोक्नुपर्छ

बाढी प्रभावित ७० जनालाई लायन्स क्लब अफ धादिङ मण्डलीको राहत

छिनभरमै सम्पर्कविहीन धादिङका १२ दम्पती अझै बेखबर, गाउँमा सन्नाटा

गंगाजमुनाका मात्रै १५ जना सम्पर्कविहीनः खोजतलास र उद्धारका लागि गाउँपालिकाको अपिल

यो पनि पढ्नुहोस
राष्ट्रिय समाचार समिति