धादिङ । भोटेकासीमा आएको विनाशकारी बाढीका कारण धादिङको गंगाजमुना गाउँपालिकाका १५ जना सम्पर्कविहीन भएका पाइएको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा वैदेशिक यात्रा (मानोसरोवर यात्रा), हाइड्रोपावरको काम तथा विभिन्न रोजगारीको सिलसिलामा पुगेका गंगाजमुना गाउँपालिकाका नागरिकहरू हालसम्म सम्पर्कमा नआएको गा उँपालिकाले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले सूचना जारी गर्दै सम्पर्कविहीन हुनेहरूमा अधिकांश मानसोरोवर यात्रामा गएका र हाइड्रो, मिडिया तथा सुरक्षा निकायमा कार्यरत स्थानीयहरू रहेका छन् ।
विपत्तिमा परेका आफ्ना पालिकावासीहरूको अविलम्ब खोजतलास, राहत तथा उद्धारका लागि सम्बन्धित सबै निकाय, खोजी टोली र स्थानीय प्रशासनसमक्ष गंगजमुना गाउँपालिकाले अपिल गरेको छ ।
सम्पर्कविहीन भएका १५ जनाको नामावली विवरणः
गोकर्ण थापा (वडा नं. ५) – मानसोरोवर यात्रामा
विकास बस्नेत (वडा नं. ५) – मानसोरोवर यात्रामा
नारायण बानियाँ (वडा नं. ५) – मानसोरोवर यात्रामा
हरिश्चन्द्र नेपाल (वडा नं. ५) – मानसोरोवर यात्रामा
गणेश न्यौपाने (वडा नं. ६)
काले गुरुङ (धन ब. गुरुङ) (वडा नं. ४)
राजेश तिमिल्सिना (वडा नं. ५) – मानसोरोवर यात्रामा
संगम रिमाल (वडा नं. ५) – मानसोरोवर यात्रामा
मेघ बहादुर गुरुङ (वडा नं. ३) – मैलुङ्ग हाइड्रोपावर
गोमा सिंखडा (वडा नं. ३) – मानसोरोवर यात्रामा
सुरेश सिंखडा (वडा नं. ३) – शिकापत्र डटकम पत्रिकाका प्रकाशक
शारदा काप्री सिंखडा (वडा नं. ३) – (सुरेश सिंखडाको आमा)
भगवान बरुवाल (वडा नं. ७) – मानसोरोवर यात्रामा
मुना घले तामाङ (वडा नं. १) – मानसोरोवर यात्रामा
वेग बहादुर गुरुङ (वडा नं. ३) – सशस्त्र प्रहरीमा कार्यरत
