छिनभरमै सम्पर्कविहीन धादिङका १२ दम्पती अझै बेखबर, गाउँमा सन्नाटा
शंकर श्रेष्ठ

भदौ ११, २०८३

धादिङ । गोसाइकुण्ड हिँडेका धादिङका १२ दम्पती र अन्य दुईसहित २६ जना अझै सम्पर्कमा ल्याउन सकिएको छैन । रसुवाको वेत्रावतीबाट एकैपटक सम्पर्कविहीन बनेका उनीहरुको अवस्था अन्यौलमै छ ।

मोवाइल ट्रयाकिङबाट २६ जना मध्य एकजना वेत्रावतीबाट केही माथीको लोकेशनमा र अर्का एक व्यक्ति केही तल जिपजिपे भन्ने ठाउँमा देखिएपनि उनीहरुको अत्तोपत्तो लागेको छैन ।

बाढी आएकै समयदेखि सम्पर्कविहीन बनेको झण्डै ३६ घण्टासम्म सम्पर्कमा नआएपछि परिवार र आफन्तजनमा रुवाबासी भएको छ ।

No data was found

धर्मशास्त्रअनुसार पुण्य कमाउन र पवित्र धाम गोसाइँकुण्डको दर्शन गर्न भन्दै घरबाट मुस्कानका साथ बिदा भएका उनीहरु सम्पर्कमा आउने र घर फर्कने आसमा परिवार र आफन्तहरुले तीव्र खोजी गरिरहेका छन् ।

रसुवाको वेत्रावती आसपासबाट बुधबार एकाएक सम्पर्कविहीन भएका उनीहरू बाढी र पहिरोमा परेको आशङ्का गरिएको छ । समय बित्दै जाँदा पनि कोही कसैसँग सम्पर्क हुन नसकेपछि सम्पर्कविहीन बनेकाहरुको गाउँवस्तीहरुमा सन्नाटा छाएको छ ।

गाउँका १२ जोडी श्रीमानश्रीमती एकैपटक हराएपछि घरका चुल्हा बलेका छैनन्, टोलभरि आँसु र आत्तिएका आवाजहरू मात्रै सुनिएका छन् । “हिजोसम्म हाँस्दै कुरा गरिरहेका आफ्ना मान्छे आज कहाँ, कस्तो अवस्थामा छन् ?” भन्दै आफन्तजन भावविह्वल बनेर हेरिरहेका छन् । आफ्ना प्रियजनहरूको कुनै अत्तोपत्तो नहुँदा गाउँ नै मर्महत बनेको छ ।
आफन्तहरूको आँसु थामिएको छैन, तर उनीहरू निराश भएर बस्न पनि सकेका छैनन् ।

सम्पर्कविहीन भएकाहरूको अवस्था पत्ता लगाउन र खोजी कार्यलाई तीव्र पार्न भन्दै परिवारजन, आफन्त र गाउँका स्थानीय युवाहरू आफैँ खोजीका लागि रसुवातर्फ हिँडेका छन् । उता सुरक्षा निकायले पनि खोजी कार्य जारी राखेको जनाएको छ ।

यससँगै धादिङ जिल्लाका विभिन्न पालिकाहरुसमेत गरी ९६ जना सम्पर्कविहीन बनेको श्रोतहरुबाट जानकारीमा आएको छ ।

यी हुन् सम्पर्कविहीन दम्पत्तिहरु :

नीलकण्ठ–१२ का
दयाराम लम्साल/सीता लम्साल (दम्पत्ति)
ठाकुर लम्साल/सारदा लम्साल (दम्पत्ति)
प्रकाश लम्साल/इन्दिरा लम्साल (दम्पत्ति)

नीलकण्ठ–९ का
रामशरण लम्साल/जानुका लम्साल (दम्पत्ति)
कृष्ण प्रसाद खनाल/राधिका खनाल (दम्पत्ति)
रामचन्द्र खनाल/भगवती खनाल (दम्पत्ति)
शिवहरि लम्साल/गायत्री लम्साल (दम्पत्ति)
नारायण प्रसाद लम्साल/सीता लम्साल (दम्पत्ति)
राजन लम्साल/न्याउरी लम्साल (दम्पत्ति)

सिद्धलेक–१ का
हरी प्रसाद सिलवाल/बिन्दा सिलवाल (दम्पत्ति)
घनश्याम भट्ट/कल्पना भट्ट (दम्पत्ति)

नीलकण्ठ–३ का
तुलसी तिम्ल्सिना/ईश्वरी तिम्ल्सिना (दम्पत्ति)

– सीता तिवारी
– छबिलाल श्रेष्ठ (बस चालक)

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 17

ताजा खबर

रसुवा बाढी: धादिङ रुबीभ्यालीका १५ जना अझै सम्पर्कविहीन (नामावली सहित)

विपद्पछिको पहिलो प्राथमिकता : उद्धारसँगै थप क्षती रोक्नुपर्छ

बाढी प्रभावित ७० जनालाई लायन्स क्लब अफ धादिङ मण्डलीको राहत

छिनभरमै सम्पर्कविहीन धादिङका १२ दम्पती अझै बेखबर, गाउँमा सन्नाटा

गंगाजमुनाका मात्रै १५ जना सम्पर्कविहीनः खोजतलास र उद्धारका लागि गाउँपालिकाको अपिल

यो पनि पढ्नुहोस
शंकर श्रेष्ठ