बाढी प्रभावित ७० जनालाई लायन्स क्लब अफ धादिङ मण्डलीको राहत
सम्बाददाता

भदौ ११, २०८३

धादिङ । पछिल्लो समय आएको बाढीका कारण प्रभावित बनेको धादिङको गलौंदी क्षेत्रका स्थानीयवासीलाई लायन्स क्लब अफ धादिङ मण्डलीले तत्काल राहत सामग्री तथा खाद्यान्न सहयोग गरेको छ।

बाढीबाट प्रभावित परिवार तथा स्थानीयवासीको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै क्लबले खाद्यान्न तथा आवश्यक राहत सामग्री संकलन गरी गलौंदी क्षेत्रमा प्रभावित ७० जनालाई वितरण गरेको हो।

विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरिएको क्लबले जनाएको छ। प्राकृतिक विपद्का कारण दैनिक जीवन प्रभावित भएका स्थानीयवासीलाई केही हदसम्म सहजता प्रदान गर्न खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गरिएको हो।

No data was found

लायन्स क्लब अफ धादिङ मण्डलीका अध्यक्षले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक संस्थाको दायित्व भएको बताउँदै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

क्लबले विपद्को समयमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाता, सदस्य तथा स्वयंसेवकप्रति धन्यवाद व्यक्त गर्दै प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप सहयोगका लागि समन्वय गर्ने जनाएको छ।

“विपद्को समयमा पीडितको साथमा उभिनु नै मानवताको वास्तविक सेवा हो” भन्ने भावनाका साथ क्लबले राहत तथा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
100%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1

ताजा खबर

रसुवा बाढी: धादिङ रुबीभ्यालीका १५ जना अझै सम्पर्कविहीन (नामावली सहित)

विपद्पछिको पहिलो प्राथमिकता : उद्धारसँगै थप क्षती रोक्नुपर्छ

बाढी प्रभावित ७० जनालाई लायन्स क्लब अफ धादिङ मण्डलीको राहत

छिनभरमै सम्पर्कविहीन धादिङका १२ दम्पती अझै बेखबर, गाउँमा सन्नाटा

गंगाजमुनाका मात्रै १५ जना सम्पर्कविहीनः खोजतलास र उद्धारका लागि गाउँपालिकाको अपिल

यो पनि पढ्नुहोस
सम्बाददाता