धादिङ । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण धादिङको रुबीभ्याली गाउँपालिकाका १५ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन् । रुबीभ्यालीका वडा नम्बर १, २, ३ र ४ का कार्यालयहरूले छुट्टाछुट्टै आधिकारिक जारी गर्दै आफ्ना वडाका नागरिकहरू सम्पर्कमा नरहेको पुष्टि गरेका छन् ।
विगत केही दिन अघि भोटेकोशीमा आएको अप्रत्यासित बाढीका कारण रोजगारी, व्यापार, अध्यापन तथा पारिवारिक भेटघाटका लागि रसुवाको टिमुरे लगायतका क्षेत्रमा पुगेका स्थानीयहरू सम्पर्कविहीन बनेका हुन् । रुवीभ्याली – १,२,३ र ४ ले आधिकारिक सूचना निकालेपनि वडा नम्बर ५ र ६ ले मा भने सम्पर्क हुन सकेको छैन ।
सबै वडा कार्यालयहरूले सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउन सुरक्षा निकाय, स्थानीय उद्धारकर्मी तथा आम नागरिकहरूमा अपिल गरिएको छ ।
स्थानीय प्रशासनले कुनै पनि अपुष्ट वा अफवाह फैलाउने सूचनाको पछि नलागी आधिकारिक स्रोतबाट प्राप्त खबरमा मात्र विश्वास गर्न आग्रह गरेको छ ।
सम्पर्क बिहीन भनिएका खनियाबस गाउँपालिका-४ का ल्हसङ तामाङ, राज थोकर र कैलाश थोकर भने बिहिबार साँझ सम्पर्कमा आएका छन् ।
वडा कार्यालयहरूले जारी गरेको आधिकारिक विवरण अनुसार रुवीभ्यालीका सम्पर्कविहीन हुनेहरूको नामावली :
वडा नं. १ (तिप्लिङ)
• मेन्च तामाङ (४५ वर्ष)
• अन्तरा तामाङ (५२ वर्ष)
• सन्त बहादुर घले (५५ वर्ष)
वडा नं. २ (तिन्लोङ)
• सेते कामी (अन्दाजी ५१ वर्ष)
• आइत लामा तामाङ (अन्दाजी ४९ वर्ष)
• सोवना तामाङ (१५वर्ष)
• समन तामाङ (१३ वर्ष)
• तिमान तामाङ (११ वर्ष)
• राकेश घले (२३ वर्ष)
• उर्केन थापा तामाङ (७५ वर्ष)
वडा नं. ३ (सेतुङ)
• हेमान तामाङ (टिमुरेमा कामको सिलसिलामा रहेको)
• हिमान तामाङ (नेपाल राष्ट्रिय आ.वि. टिमुरेमा पढाउने शिक्षक)
• कुमार कामी (टिमुरे आसपास गाडी चलाउने चालक)
• प्रनिशा तामाङ (विवाह रसुवामा भएको)
वडा नं. ४ (बोराङ)
• रजु वि.क. (बाबु: हर्क बहादुर वि.क.)